प्रतिगमन बिरुद्ध एकजुट हुन बाँकेका पाँच दलको अपिल
  • काँचुली खबर

बाँकेमा क्रियाशिल मुख्य पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम विरुद्ध एकजुट हुन अपिल गरेका छन । बुधबारदलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् ।

‘नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्यागर बलिदानबाट बाट प्राप्त नेपालको संविधानमाथी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विधटन गरी आन्दोलन र जनताप्रति अपमान गरेका छन’ विज्ञप्तिमा भनिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालको संविधान, प्रतिनिधि सभा र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षर सहित तोकिएको अवधिमै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको भएपनि राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह नगरेको ठहर विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँगको मिलोमितोमा बदनियतपूर्ण तरिकाले प्रतिनिधिसभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस सभापति किरण कोईराला, माओवादी केन्द्रका अध्यक्ष आईपी खरेल, नेकपा एमाले जिल्ला कमिटि सदस्य अब्दुल हुसेन खाँ, जसपाका कार्यबहाक अध्यक्ष श्रवण कुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष भिम प्रसाद देवकोटाले संयुक्त वक्तव्य जारी गर्दै संसद विघटनप्रति आफुहरुको गम्भिर ध्यानआकर्षण भएको जनाएका छन् ।

पाँच दलले संयुक्त रुपमा राष्ट्रपती विद्यादेवी भण्डारीलाई पदिय मर्यादाभित्र रहन अपिल समेत गरेका छन ।

  • १२ जेष्ठ २०७८, बुधबार १९:२१ प्रकाशित
  • Nabintech