बुधबार बाँकेका २२ जनामा मात्र कोरोना संक्रमण, १२५ जना डिस्चार्ज
  • काँचुली खबर

फाइल फोटो
बुधबार दिउँसो साढे ४ बजेसम्म बाँकेका २२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका २०० नमुना मध्ये, ५१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, २२ जना बाँकेका हुन भने २९ जना बाहिरी जिल्लाका हुन ।
मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ७९ नमुनामा १८ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १२१ नमुनामा ३३ गरी जम्मा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका नमुनाको नतिजा अझै आइपुगेको छैन ।
बाँकेमा आज थपिएका २२ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ८१८ पुगेको छ ।
आज बाँकेका थप १२५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १५ हजार २६३ पुगेको छ । जिल्लामा अब १ हजार २७३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप ३ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्लामा कुल मृत्यु हुनेको संख्या २८२ पुगेको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार १६:४७ प्रकाशित
  • Nabintech