मंगलबार दिनभरीमा बाँकेमा ८ जनाको मृत्यु
  • काँचुली खबर

 
बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेको मंगलबार दिनभरीको डाटा अनुसार बाँके र अन्य जिल्लाबाट उपचारकालागि अस्पतालमा भर्ना भएका ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा चामुण्डा नगरपालिका २ दैलेखकी ७८ वर्षिया महिला, गढवा गाँउपालिका १ दाङका ५९ वर्षिय पुरुष, बगंलाचुली गाँउपालिका ४ दाङका २६ वर्षिय पुरुष, घोराही उपमहानगरपालिका ११ दाङका ५० वर्षिय पुरुष, बाफिकोट गाँउपालिका १० रुकुमकी ६६ वर्षिया महिला, राप्तीसोनारी गाँउपालिका ५ बाँकेका २३ वर्षिय पुरुष, आठबिसकोट नगरपालिका १० रुकुम पश्चिमका ३२ वर्षिय पुरुष र छत्त्रेश्वर गाँउपालिका ५ सल्यानका ३५ वर्षिय पुरुष रहेका छन ।
उनिहरुको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो । योसँगै बाँके जिल्लाको मृत्यु संख्या २८०
पुगेको छ भने अन्य जिल्लाबाट उपचारकालागि बाँके आएर मृत्यु हुनेको सँख्या २५८ पुगेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
 

  • ११ जेष्ठ २०७८, मंगलवार २२:१४ प्रकाशित
  • Nabintech