मनकारी सुवेदीले पठाए दुर्गम ठाँउमा ‘स्ट्रेचर’
  • काँचुली खबर

एभरेष्ट टेक्निकल कलेज प्रा.लि. कोहलपुरका कार्यकारी निर्देशक बिरेन्द्र सुवेदीले दुर्गम जिल्ला कालिकोटमा स्ट्रेचर सहयोग गरेका छ्न । राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रिय सचीव समेत रहेका सुवेदीले आफ्नो जन्मस्थान सान्नी त्रिवेणि गाँउपालिका वडा नं. १ मा स्ट्रेचर सहयोग गरेका हुन ।

कालीकोट भौगोलिक हिसाबले दुर्गम जिल्ला भएको र यातायातको सुविधा नपुगेको स्थानबाट बिरामीलाई अस्पतालसम्म लैजान समस्या हुने गरेकाले आफुले स्ट्रेचर सहयोग गरेको सुवेदीले बताए ।

‘म त्यहीँ ठाउँमा जन्मेको हुँदा त्यहाँको पिडा मलाई थाहा छ । त्यसैले पनि सानो सहयोग स्वरूप स्ट्रेचर प्रदान गरेको हुँ’ सुवेदीले भने । राजनीतिसंगै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका सुवेदीले यस अघि पनि धेरै ठाउँ सहयोग गरिसकेको बताए ।

  • ११ जेष्ठ २०७८, मंगलवार २०:४९ प्रकाशित
  • Nabintech