फाइल फोटो
मंगलवार बाँकेका २९३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २४७ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १०४७ नमुना मध्ये, ५५९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, २९३ जना बाँकेका हुन भने ३१२ जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ८१६ नमुनामा ४८४, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ९१ नमुनामा २४ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १४० नमुनामा ५१ गरी जम्मा ५५९ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका २४७ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ७९६ पुगेको छ ।
आज बाँकेका थप २९३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १५ हजार १३८ पुगेको छ । जिल्लामा अब १ हजार ३७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप ५ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्लामा कुल मृत्यु हुनेको संख्या २७९ पुगेको छ ।
११ जेष्ठ २०७८, मंगलवार १७:४१ प्रकाशित