बाँकेका बिभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखी मंगलबार बिहान ७ बजेको अवधिसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा पाँच जना जिल्लाभित्रका छन भने बाँकी पाँच जना अन्य जिल्लाबाट उपचारकालागि बाँके आएका संक्रमितहरु रहेका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैजनाथ गाँउपालिका ४ बाँकेकी ३८ वर्षिया महिला, कोहलपुर नगरपालिका १० का ४७ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका १८ की ८५ वर्षिया महिला, कोहलपुर नगरपालिका १० बाँकेका ७१ वर्षिय पुरुष र खजुरा गाँउपालिका ४ बाँकेका ३२ वर्षिया महिला रहेका छन ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ८ दाङका ५६ वर्षिय पुरुष, तुलसीपुर उपमहानगरपालिका १२ दाङका ४० वर्षिया महिला, बाँसगढी नगरपालिका ३ बर्दियाका ६४ वर्षिय पुरुष, बढैयाताल गाँउपालिका ६ बर्दियाका ६० वर्षिया महिला र घोराही उपमहानगरपालिका १८ दाङका ५१ वर्षिय पुरुषको समेत उपचारकै क्रममा मृत्यु भएको ओलीले जानकारी दिए ।
योसँगै मंगलबार बिहानसम्म बाँकेमा कोरोनाको संक्रमणबाट उपचारकै क्रममा जिल्लाभित्रका २७९ र जिल्ला बाहिरका २५१ जनाको मृत्यु भएको छ ।
११ जेष्ठ २०७८, मंगलवार ०८:५० प्रकाशित