शनिबार र आईतबार : कसैको पनि मृत्यु नभएको रात
  • काँचुली खबर

कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार र आईतबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि सोमबार बिहान ८ बजेसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।

तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जना सङ्क्रमितको भने उपचारकै क्रममा मृत्यु भएको उनले बताए । जसमध्ये शनिबार राती ८ जना र आईतबार राती ५ जना रहेका छन । उनिहरु सबै बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका संक्रमित थिए ।

बाँकेमा कोरोनाको मृत्यु चेन टुट्यो

ओलीका अनुसार गत एक महिनायता कोरोनाबाट बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको यो पहिलोपटक हो । यसअघि हरेक राति जिल्लाका पाँचदेखि १० जनासम्मको मृत्यु हुँदै आएको थियो । ओलीका अनुसार हालसम्म कोरोनाबाट बाँकेका २७३ र जिल्ला बाहिरका २४५ जनाको मृत्यु भईसकेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार ०९:२६ प्रकाशित
  • Nabintech