जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने पनि निर्णय गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ ।’
कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ भने पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।
९ जेष्ठ २०७८, आईतवार १८:५३ प्रकाशित