रबिन्द्र लम्सालको संयोजकत्वमा कोरोना बिरामीको उपचार सहयोग कार्य सम्पादन टिम
  • काँचुली खबर

नेकपा (एमाले) बाँकेले जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सचिब रबिन्द्र लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्य सम्पादन टिम गठन गरेको छ ।
भेरी अस्पताल नेपालगन्ज र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीहरुलाई सहज रुपमा भर्ना गराउन तथा अक्सिजन ग्यासको अभाव हुन नदिन अस्पताल, स्थानीय, प्रदेश र केन्द्रिय सरकारसंग समन्वय गरी काम गर्न एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघका केन्द्रिय सचिब रबिन्द्र लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्य सम्पादन टिम गठन गरेको एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।
कार्य सम्पादन टिमको सदस्यहरूमा खेमराज शर्मा, मनोज केसी, मोहित शाह, दिपक वर्मा, बिक्रान्त श्रीवास्तव, गजेन्द्र गुरुङ, कमलेस यादव, सुमन घिमिरे र सुमन श्रेष्ठ रहेको अध्यक्ष अध्यक्ष ढकालले जानकारी दिए ।
कोरोना संक्रमित बिरामीहरुको सहज रुपमा अस्पतालमा भर्ना, सहज उपचार तथा उपचारमा आवश्यक पर्ने अक्सिजन ग्यास लगायतमा कमि हुन नदिन तथा संक्रमित बिरामीहरुलाई आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्न पार्टीले दिएको जिम्मेवारीलाई पुर्ण रुपमा लागु गर्न सम्पुर्ण टिम चलायमान हुने संयोजक रबिन्द्र लम्सालले बताए ।
उनले अस्पतालमा पुगेर बिरामीको सहज रुपमा उपचार गराउनमा के कस्ता सहयोग गर्न सकिन्छ, सम्बन्धित सरोकारवालाहरु संग समन्वय गरेर अगाडी बढ्ने बताए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार २०:३६ प्रकाशित
  • Nabintech