जसपा संसदीय दलको बैठक बस्दै, नयाँ सरकार गठनबारे निर्णय गर्ने
  • काँचुली खबर

नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बस्ने भएको छ ।

आज बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनबारे छलफल र निर्णय गर्ने बताइएको छ ।

जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री पदका लागि समर्थन गर्नेबारे बैठकमा छ्लफल र निर्णय हुने एक नेताले बताए ।

बैठकमा जसपाको अर्को पक्ष उपेन्द्र यादव समूह भने सहभागी हुने नहुने निश्चित भैसकेको छैन ।

जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए ।

राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार ०९:२१ प्रकाशित
  • Nabintech