प्युठानमा १०४ जना निको हुँदा ६३ संक्रमित थपिए, ४ जनाको मृत्यु
  • काँचुली खबर

फाइल फोटो

प्युठानमा बिहीवार १०४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । ६३ जना नयाँ संक्रमित थपिएका छन भने ४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार, बिहीवार जिल्लाका विभिन्न स्थानका थप ६३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या २ हजार ३२६ पुगेको छ ।
त्यसैगरी आजै १०४ जना संक्रमितहरु कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । आज निको भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ७३१ पुगेको छ । अब जिल्लामा ५ सय ५४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
कोरोना संक्रमणका कारण आज चार जनाले ज्यान गुमाएका छन । योसँगै जिल्लामा हालसम्म ४१ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:४८ प्रकाशित
  • Nabintech