बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ ।
मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका ५ सय २३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २२६ महिला र २९७ पुरुष सहित ५२३ जना डिस्चार्ज भएका हुन ।
यसैबिच बाँकेका २ वटा ल्यावमा गरिएको कोरोना परिक्षणमा थप ९१ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ४४४ जनाको पिसिआर परिक्षण गरीएकोमा बाँकेका ९१ र अन्य जिल्लाका ८३ जनामा संक्रमण देखिएको हो । पछिललो २४ घण्टामा बाँकेमा कोरोना भाईरस संक्रमणकै कारण १७ जनाले ज्यान गुमाएको ओलीले जानकारी दिए ।
५ जेष्ठ २०७८, बुधबार १७:१४ प्रकाशित