बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु
  • काँचुली खबर

फाइल फोटो

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अबधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज १८ की ७३ बर्षिया महिलाको भेरी अस्पतालमा हिजो बेलुका ५:१५ बजे मृत्यु भएको छ । गढवा ७ दाङकी ३० बर्षिया महिकाको पनि हिजो बेलुका ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

त्यसैगरी, सानोभेरी ११ रुकुमका ३६ बर्षका पुरुषको हिजो राती साढे ८ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । सोही अस्पतालमा कोहलपुर १२ का ४१ बर्षिय पुरुषको हिजो राती ८:३५ बजे मृत्यु भएको छ । बढैयाताल २ बर्दियाका ८४ बर्षिय पुरुषको मंगलबार राती ८:४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । हिजै राती ९ बजे नेपालगन्ज ६ का ४५ बर्षिय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ ।

मेडिकल कलेज कोहलपुरमा राप्तीसोनारी २ बाँकेका ५९ बर्षिया महिलाको गएराती ११:३० बजे मृत्यु भएको छ । टिकापुर १६ कैलालीका २८ बर्षिय पुरुषको भेरी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ । कोहलपुर ११ बाँकेकी ५८ बर्षिया महिलाको बिहान ३ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

त्यसैगरी, नेपालगन्ज ३, बाँकेका ६१ बर्षका पुरुषको मेडिकल कलेज कोहलपुरमा बिहान ४ बजे मृत्यु भएको छ । सोही अस्पतालमा त्रीवेणी १ रुकुमकी २७ बर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ । नेपालगन्ज ४ का ६७ बर्षिय पुरुषको बिहान ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर ४ बाँकेका ४२ बर्षिय पुरुषको आज बिहान ४:१५ बजे मृत्यु भएको छ ।

ठाकुरबाबा ९ बर्दियाका ६३ बर्षिय पुरुषको बिहान ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा ठाकुरबाबा १ बर्दियाकै ३८ बर्षिया महिलाको बिहान ५:१५ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै तुलसीपुर २ दाङका ६५ बर्षिय पुरुषको बिहान ५:३० बजे र लम्की चुहा ५ कैलालीकी ६८ बर्षिया महिलाको बिहान ६:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार ०९:३६ प्रकाशित
  • Nabintech