नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले सोमबार कोहलपुर नगरपालिका वडा नं. २ मा द्दरदैलो अभियान संचालन गरेको छ । कोरोना संक्रमितको अवस्था र उनिहरुको समस्याको बारेमा जानकारी लिने उद्धेश्यले संचालन गरीएको अभियानको दोस्रो दिन २ नं. वडाका स्थानियहरुसँग भेटघाट गरीएको हो ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा चिकित्सक सहित स्थानियहरुको घरदैलोमा पुगेको टोलीले कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । कोरोनाबाट संक्रमित भएका तथा कोरोनाको उच्च जोखिममा रहेका नगरवासीलाई भेट्ने र उनिहरुको समस्या समाधान गर्ने उद्धेश्यले अभियान संचालन गरीएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आईतबारबाट सुरु भएको अभियान अन्तर्गत दोस्रो दिन सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक डा. देवेन्द्र आचार्यले कोरोना संक्रमणका कारण घरमै बसीरहेका वडावासीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन । त्यसक्रममा डा. आचार्यले बिरामीको स्वास्थ्य अवस्था चेकजाँच गर्नुका साथै आवश्यक परामर्श समेत दिएको नेकपा माओवादीका युवा नेता न्यौपानेले जानकारी दिए । उनले कोहलपुर नगरपालिका भित्र कोभिडका कारण कसैलाई समस्या भएमा आफुहरु चिकित्सक सहितको सेवा दिन तयार रहेको बताए ।
डक्टरसहित संक्रमित भेट्दै ‘माओवादीे केन्द्र’
३ जेष्ठ २०७८, सोमबार १५:०६ प्रकाशित