कोभिड रोकथामका लागि अर्थ मन्त्रालयद्वारा चार अर्ब ३१ करोड रुपैयाँको सहमति
  • काँचुली खबर

कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।
यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको अर्थमन्त्री विष्णु पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।
कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार १८:०० प्रकाशित
  • Nabintech