बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह 
  • काँचुली खबर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।
‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’
अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार १७:४५ प्रकाशित
  • Nabintech