आइतबार बाँकेका ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ सय ११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । जिल्लामा रहेका तीनवटा प्रयोगशालामा १ हजार १०७ जनाको नमुना परिक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये, ३ सय ६५ जना बाँकेका हुनभने, बाँकी ४ सय ४० जना बाहिरी जिल्लाका हुन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, भेरी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ७ सय ८० नमुनामध्ये ६ सय २२ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका १ सय ४७ नमुनामध्ये ८३ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा परिक्षण गरिएका १ सय ८० नमुनामध्ये सयजना गरी आइतबार कुल ८ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएकासहित बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ५३४ पुगेको छ ।
त्यसैगरी, आजै बाँकेका ५ सय ११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएकासहित कोरोना मुक्त हुनेको संख्या १२ हजार १२० पुगेको छ । हाल जिल्लामा ३ हजार १७७ जना सक्रिय संक्रमित उपचाररत रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।
बाँकेमा हिजो बेलुकादेखि अहिलेसम्म ११ जना संक्रमितले ज्यान गुमाएका छन । तीमध्ये, ५ जना बाँकेका हुन भने ६ जना बाहिरी जिल्लाका हुन । बाँकेमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ ।
२ जेष्ठ २०७८, आईतवार १७:१५ प्रकाशित