कोरोना संक्रमितको जटिल शल्यक्रिया सम्पन्न
  • काँचुली खबर

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीको जटिल शल्यक्रिया गर्न सफल भएको जनाएको छ । दुर्घटनामा परेर घाईते भएका खजुरा गाउँपालिका बाँकेका ६५ वर्षिय संक्रमित पुरुषको खुट्टाको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

दुर्घटनाबाट खुट्टामा गम्भीर चोट लागेका ति पुरुषलाई कोरोना संक्रमण समेत देखिएको थियो । बैशाख २६ गते दिउँसो सडक दुर्घटनामा परि घाइते भएका उनको २७ बैशाखमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दायाँ खुट्टाको एन्कलमा गम्भीर चोट लागेका उनको बैशाख ३० गते एशोसियट प्रोफेसर डा. दिनेश श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा. सबिन श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट डा. रनिश श्रेष्ठ, डा. अमन शाह र नर्सहरु दुर्गा पन्त, पुतला बिस्ट, पार्वती शाही लगायतको टीमले सफल शल्यक्रिया गरेको हो ।

  • १ जेष्ठ २०७८, शनिबार १४:५५ प्रकाशित
  • Nabintech