बाँकेका कोरोनालाई परास्त गर्नेको सँख्यामा उल्लेख्य बृद्धि भएको छ । बिहिबार मात्रै बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बसेका ६ सय २१ जना डिस्चार्ज भएका छन ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २ सय ९१ महिला तथा ३ सय ३० जना पुरुष कोराना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका हुन । केन्द्रका अनुसार बिहिबारसम्म बाँकेबाट कोरोनामुक्त हुँदै १० हजार ८४९ जना डिस्चार्ज भएका छन ।
बाँकेमा बिहिबारसम्म ६७ हजार ८३५ जनाको स्वाव परिक्षण गर्दा १४ हजार ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ओलीका अनुसार बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा ३ हजार ७८ जनाको उपचार भईरहेको छ भने बाँके तथा बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका ३८१ जनाले उपचारका क्रममा ज्यान गईसकेका छन ।
३० बैशाख २०७८, बिहीबार १७:२४ प्रकाशित