कैलाली र बाँकेका थप तीन संक्रमितको मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एक जना छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ का ६२ वर्षीय पुरुष र कैलालीको टिकापुर-७ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ५० वर्षीय पुरुषको बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशााख १९ गते संक्रमण पुष्टि भएको थियो । ६२ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको थियो । उनीमा वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीकी ५६ वर्षीया महिलाको भेरी अस्पतालमै बिहीबार बिहान ९ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

  • ३० बैशाख २०७८, बिहीबार १४:४३ प्रकाशित
  • Nabintech