कोरोना भाईरस संक्रमणबाट बाँकेमा २१ वर्षिय युवासहित १२ जनाले ज्यान गुमाएका छन । पछिल्लो २३ घण्टाको अवधिमा भेरी अस्पतालमा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र होम आइसोलेसनमा एकजना गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
मृत्यु हुनेहरुमा बासगढी नगरपालिका-९ बर्दियाका ७३ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१० बाँकेका ६८ वर्षिय पुरुष, गुलरिया नगरपालिका-६ बर्दियाका २१ वर्षिय पुरुष, सिस्ने गाउँपालिका-३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष छन ।
त्यस्तै बारबर्दिया-६ बर्दियाका ६३ वर्षिया महिला, खजुरा गाउँपालिका-३ बाँकेका ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका-४ बाँकेका ४५ वर्षिया महिला, बढैयाताल गाउँपालिका-३ बर्दियाका ७८ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।
यसैबिच एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बसेका खजुरा गाउँपालिका-२ बाँकेका ८८ वर्षिय पुरुषको समेत मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बासगढी नगरपालिका-५ बर्दियाका ६० वर्षिय पुरष र कोहलपुर नगरपालिका-८ बाँकेका ६२ वर्षिय पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा बढैयाताल-१ बर्दियाका ८५ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै बाँकेमा हालसम्म उपचारकालागि जिल्ला बाहिरबाट आएका १४८ जना र जिल्लाभित्रैका १९७ जनाले ज्यान गुमाईसकेका छन् ।
२८ बैशाख २०७८, मंगलवार ०९:१४ प्रकाशित