प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएसंगै सरकार काम चलाउमा परिणत भएको छ ।
जसअनुसार नयाँ सरकार गठन नहुञ्जेल सम्मका लागी केपी शर्मा ओली नेतृत्वकै सरकारले दैनिक कार्य सञ्चालन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले जिम्मेवारी प्रदान गरेकी छिन ।
सोमबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति जारी गरी अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी राष्ट्रपतिले तोकेको जनाएका हुन् ।
राष्ट्रपति भण्डारीले सोमबार बहुमतको सरकार गठनका लागि बिहीबार बेलुकी ९ बजेसम्मका लागि समय समेत दिईसकेकी छिन् ।
२८ बैशाख २०७८, मंगलवार ०८:४१ प्रकाशित