ढकेरी क्षेत्रका ६ सय ७० घरधुरीमा स्वच्छ खानेपानी पुग्यो
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपलिका वडा नं. ९ ढकेरीमा ६ सय ७० घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत वडाका बुचापुर, उद्दैन, खैरी, गुरुवागाँउ, ढकेरी तथा वडा नं. ८ को नयाँ गाउँमा गरी ६ सय ७० घरमा स्वच्छ खानेपानी पुगेको समितिका अध्यक्ष लक्षीराम केसीले बताए ।

वर्षौं देखि आर्शनिक युक्त्त पानी पिउन बाध्य भएका ढकेरी बसीलाई पछिल्लो समयमा स्वच्छ खानेपानीको सुविधाको पुगेको छ । २०६६ सालमा स्थापना भएको सो आयोजनाले हाल ढकेरी क्षेत्रमा करिब ३५ किलोमीटर खानेपानीको मुख्य पाइप लाइन विछ्याइएको र बाँकी ९ किलोमिटर क्षेत्रमा धमाधम पाइप विछ्याउने काम भैरहेको संस्थाका कार्यालय सहायक रुद्र खड्काले बताए ।

‘मुख्य लाईनमा खानेपानीको पाइप वितरण सकिएको छ, अहिले साहयक लाइनमा पाइप विछ्याइरहेका छौ’ खड्काले भने । आयोजनाले नयाँ ग्राहकले सदस्यता लिदा ४ हजार शुल्क तोकेको छ ।

त्यस्तै उपभोक्ताले १० हजार लिटरसम्म पानी खपत गरे बापत एक सय रुपैयाँ तिर्नुपर्ने र सो भन्दा माथी पानी खपत गरेको खण्डमा प्रती युनिट १५ रुपैयाँका दरले थप महशुल तिर्नुपर्ने कार्यालयले जनाएको छ । त्यस्तै सम्बन्धित उपभोक्ताका सामुदायिक वनले विपन्न उपभोक्ता प्रमाणित गरि सिफारिस गरेमा ५० प्रतिशत महशुल छुट दिने व्यवस्था रहेको कार्यालय सहायक खड्काले बताए ।

खानेपानीमा चुनाको मात्रा केहि बढी देखिएको र उक्त चुना प्रशोधन गर्ने मेसिन अति आवश्यक परेको हुँदा त्यस बारे पहल भईरहेको समितिका अध्यक्ष केसीले बताए । ‘अहिले हामीलाई चुना प्रशोधन गर्ने मेसिन अति आवश्यक छ’ केसीले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबाट अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन, आन्तरिक श्रोतबाट खर्च धान्न मुस्किल छ ।’

कार्यालयमा हाल एक जना पलम्बर र एक जना कार्यालय सहायक कर्मचारीका रुपमा कार्यरत रहेका छ्न ।

  • २५ बैशाख २०७८, शनिबार २०:०७ प्रकाशित
  • Nabintech