‘कोहलपुरमा होम आईसोलेशनमा बसेकालाई नि:शुल्क चिकित्सकीय सेवा’
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिकाले कोरोना भाईरसबाट संक्रमित भई होम आईसोलेशनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श सहितको सेवा सुरु गरेको छ । कोरोनाबाट संक्रमित नगरवासीहरुलाई उनिहरुकै घरमा पुगेर आवश्यक परामर्श सहितको चिकित्सकीय सेवा प्रवाह गर्ने उद्धेश्यले नगरपालिकाले होम आइसोलेसन सेवा सुरु गरेको जनाएको छ ।

संक्रमित बिरामीहरुलाई होम आइसोलेसनमा रहँदा नि:शुल्क रुपमा आवश्यक चिकित्सकीय परामर्श र अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराईने कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जु कुमारी थारुले जानकारी दिईन ।

होम आइसोलेसन सेवा लिन इच्छुक संक्रमितहरुले हेल्थ असिस्टेन्ट सुधन बुढाथोकी (९८२४५१६५४३), हेल्थ असिस्टेन्ट असिफ खान (९८४०१७२९१५) र स्टाफ नर्स सुनिता थारु (९८६८२६३५६९) लाई सम्पर्क गरी आफ्नो नाम, ठेगाना, वडा र टोल खुल्ने गरेर म्यासेज वा सिधै फोनमार्फत विवरण टिपाउन सक्ने नगरपालिे जनाएको छ ।

यसरी पठाईएको विवरण उपलब्ध भएपछि संक्रमित बिरामीहरुको उपचार र परामर्शका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत फिजिसियन डा. श्याम बि.क., डा. शिशिर रेग्मी, डा. प्रवेश पन्त, डा. देवेन्द्र आचार्य र डा. गोबिन्द प्रसाद थारु लगायतको प्रत्यक्ष उपस्थितिमा सेवा दिईने नगरपालिकाले जनाएको छ ।

  • २५ बैशाख २०७८, शनिबार १५:२९ प्रकाशित
  • Nabintech