कोरोना भाईरसबाट संक्रमित भएर उपचार गराईरहेका थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ३ जनाको शनिबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ जना नेपालगन्जका र १ जना जानकी गाँउपालिकाका रहेका छन । शनिबार बिहान ९ बजे नेपालगन्ज उप-महानगरपालिका-४ का ५८ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । बैशाख १७ गते पीसीआर परीक्षण गरि १९ गते थप उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यसैगरी जानकी गाउँपालिका-३ बाँकेका ५५ वर्षिया महिलाको समेत उपचारकै क्रममा मृत्यु भएको छ । बैशाख २३ गरे भेरी अस्पतालमा भर्ना भएकी ति महिलाको २० गते पिसिआर विधिबाट कोरोना परिक्षण गरीएको थियो । कोरोना संक्रमित ति महिलाको शनिबार बिहान १०:३० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यस्तै स्वास्थ्यमा समस्या आएपछि बैशाख १८ गते पीसीआर परीक्षण गरि सोही दिन नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना भएका नेपालगन्ज-२ का ७४ वर्षिय पुरुषको पनि बिहान १०:३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलील्े जानकारी दिएका छन ।
योसँगै कोरोना भाइरस संक्रमणबाट शनिबार बिहानसम्म बाँकेका १७७ जनाको मृत्यु भएको छ ।
२५ बैशाख २०७८, शनिबार १४:४९ प्रकाशित