एमालेले ‘बादल’लाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने
  • काँचुली खबर

नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

‘रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भयो र उहाँ उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ नेम्वाङले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको बताए । ‘अरु विषयमा आन्तरिक छलफल भइरहेका छैन । निर्णय भैसकेको छैन’, नेता नेम्वाङको भनाइ छ ।

विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल-नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिँदैछन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १२:१५ प्रकाशित
  • Nabintech