कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया गरी बच्चा निकालियो
  • काँचुली खबर

बाँकेको भेरी अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी सफलतापूर्वक बच्चा निकाल्न सफल भएको छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकी नेतृत्वको टीमले बर्दिया बढैयाताल गाउँपालिका-१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा निकालेको हो ।

चार वर्ष अघि पनि उनको शल्यक्रियाबाटै बच्चा निकालिएको थियो । सात दिन अघि कोरोना भाइरस संक्रमित ती महिला होम आइसोलेसनमा बसेकी थिइन् ।

बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा बुढाथोकीले जानकारी दिए । दिउँसो १ः २५ बजे शल्यक्रिया सम्पन्न भएको थियो । बच्चाको तौल ३ किलो रहेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १५:१५ प्रकाशित
  • Nabintech