एकैरात कोरोनाबाट बाँकेमा १० जनाको मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणका बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्लाभिका ९ जनाको कोरोना संक्रमणपछिको स्वास्थ्य जटिलताका कारण ज्यान गुमाएका हुन ।

यसरी ज्यान मुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाभिका धेरै छन । बुधबार बेलुका सवा ६ बजे नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको मृत्यु भएको भएको थियो । बैशाख १७ गते कोरोना संक्रमण देखिएपछि सोही दिन उनलाई भेरी अस्पताल भर्ना गरीएको थियो । भर्ना भएको ५ दिनपछि बुधबार उनको मृत्यु भएको हो । त्यसैगरी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको समेत उपचारकै क्रममा मृत्यु भएको छ । बैशाख १७ गते पिसिआर परिक्षण गराएकी ति महिलामा कोरोना संक्रमण देखिएपछि १९ गते भेरी अस्पताल भर्ना गरीएको थियो । अस्पताल भर्ना भएर उपचार चलिरहेकै अवस्थामा बुधबार बेलुका ७:३० मा ति महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बुधबार राती ८ बजे भेरी अस्पतालमै उपचाररत नेपालगन्ज १ का ५८ वर्षिय पुरुषको समेत उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई २० गते अस्पताल भर्ना गरीएको थियो । त्यसको २० मिनेट पछि कोरोनाबाटै भेरीमा २७ वर्षिय युवाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । बैशाख १९ गते अस्पताल भर्ना भएका नेपालगन्ज १० का २७ वर्षिय युवाको बुधबार बेलुका ८:२० मा मृत्यु भएको हो ।

यसअघि बुधबार बेलुका ७ बजे भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षिय महिलाको उपचारकै क्रममा भेरीमा ज्यान गएको थियो । बैशाख २२ गते अस्पताल भर्ना भएकी सोही दिन बेलुका मृत्यु भएको ओलीले जानकारी दिए । त्यसैगरी बेलुका ७:४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि बैशाख १४ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

मध्यराती साढे १२ बजे नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । बैशाख १८ गते पिसिआर परिक्षण गराएर १९ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । यसैबिच रातीको १ बजेदेखी बिहान ७ बजेको अवधिमा बाँकेकै ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । बिहान १:४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४:३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर गाँयपालिका १ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । बैशाख २० गते प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा एन्टिजोन मार्फत कोरोना परिक्षण गराएका नरैनापुरका ५६ वर्षिय पुरुषलाई २१ गते भेरी अस्पतालमा भर्ना गरीएको थियो । अस्पताल भर्ना भएर उपचार गरीरहेको अवस्थामा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको सँख्या १२७ पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार ०९:०६ प्रकाशित
  • Nabintech