बैशाख १ देखि हालसम्म भेरी अस्पतालमा उपचाररत बाँकेका ११६ संक्रमित निको
  • काँचुली खबर

कोभिड १९ को दोश्रो लहर शुरु भएसँगै (बैशाख १ गतेदेखि आज दिउँसो १ बजेसम्म) भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेका १ सय १६ जना कोरोनाका बिरामीहरु निको भएर घर फर्किएका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बैशाख १ गतेदेखि आज दिउँसो १ बजेसम्ममा भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचारकालागि बाँकेका ३ सय ४९ जना संक्रमितहरु भर्ना भएका छन । जसमध्ये १ सय १६ जना संक्रमितहरु उपचार पश्चात् निको भइ घर फर्केका हुन ।
त्यसैगरी, हाल बाँके जिल्लाका १ सय ९६ जना संक्रमितहरुको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये, ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको फोकल पर्सन ओलीले जानकारी दिए ।
बैशाख १ गतेदेखि यता अस्पतालमा उपचार गराइरहेका बाँकेका ३२ जनाले ज्यान गुमाएका छन भने, ५ जना बिरामीलाई बाहिर रिफर गरिएको ओलीले काँचुली खबरलाई जानकारी दिए ।

  • २२ बैशाख २०७८, बुधबार १४:१३ प्रकाशित
  • Nabintech