लुम्बिनी प्रदेशमा १० सदस्यीय मन्त्रिपरिषद विस्तार (नामावली सहित)
  • काँचुली खबर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्नुका साथै जिम्मेवारी कार्यविभाजन गरेका छन । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मात्र मन्त्रिपरिषदमा तीन जना मन्त्री नियुक्ती गरेका छन । साथै उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन ।
अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय भएको छ । थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका छन ।
यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत रहेका छन ।

  • २२ बैशाख २०७८, बुधबार ०८:२५ प्रकाशित
  • Nabintech