बाँकेमा आजसम्मकै ठुलो सँख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये बाँकेका मात्रै ५२१ जना रहेका छन् ।
मंगलबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा ६२५ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ३४२ जना बाँकेका रहेका छन् । यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २९९ नमुना परीक्षण गरिएकोमा २१० जनामा भाइरस संक्रमण देखिएको छ ।
बाँकेका मात्रै १७९ जना रहेका छन् । जिल्लामा आज ५२१ संक्रमित थपिदा ३४२ जना डिस्चार्ज भएका छन । १६० महिला र १८२ पुरुष डिस्चार्ज भएका हुन् ।
२१ बैशाख २०७८, मंगलवार १९:०८ प्रकाशित