कोरोना कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हुँदै घर फर्किरहेका छन ।
मंगलबार समेत कोरोनामुक्त हुँदै बाँकेबाट ३४२ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार डिस्चार्ज हुनेमा बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बस्दै आएका १६० महिला र १८२ पुरुष रहेका छन ।
यसअघि सोमबार ३४५ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका थिए ।
२१ बैशाख २०७८, मंगलवार १५:५७ प्रकाशित