बैशाख २७ गतेसम्म बाँकेमा निषेधाज्ञा लम्बियो
  • काँचुली खबर

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको अवधि बढाएको हो ।

बैखाख १३ गते मध्यरातीबाट आज राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गरीएको थियो । कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि प्रशासनले पुन: निषेधाज्ञाको अवधि लम्बाएको हो । अब २७ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू हुने छ ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण दर र मृत्यु दर बढ्दै गएको छ । जिल्लाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन ।

  • २० बैशाख २०७८, सोमबार १४:२९ प्रकाशित
  • Nabintech