बाँकेमा शुक्रवार ५०४ संक्रमित थपिए, २०५ निको भए
  • काँचुली खबर

बाँकेमा शुक्रवार थप ५०४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका विभिन्न तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
जिल्लाका तीनवटा प्रयोगशालामा परिक्षण गरिएका ८९६ नमुनामध्ये, शुक्रबार ६२८ जनामा कोरोना देखिएको हो । जसमध्ये, ५०४ जना बाँकेका हुन । जसमध्ये २२८ महिला र २७६ पुरुष रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, भेरीको ल्याबमा ३४५ नमुना जाँच गरिएकोमा २२७ जना, मेडिकल कलेज कोहलपुरको ल्याबमा २८४ नमुना जाँच गरिएकोमा २२८ जना, बागेश्वरी ल्याबमा १९६ नमुना जाँच गरिएकोमा १६८ जना र जमुनाह हेल्थ डेस्कमा ७१ जनाको एन्टिजिन गरिएकोमा ५ जना गरी कुल ६२८ जनामा कोरोना देखिएको हो ।
आज थपिएका ५०४ जनासङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९५४० पुगेको छ । त्यसैगरी, आजै कोरोना मुक्त भइ थप २०५ जना डिस्चार्ज भएका छन । योसङ्गै कोरोना मुक्त हुनेको संख्या ५७७१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ३६५४ रहेको छ भने, ११५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन ।

  • १७ बैशाख २०७८, शुक्रबार २१:२२ प्रकाशित
  • Nabintech