बाँकेमा ५५३ संक्रमित थपिए, ४ जनाको मृत्यु
  • काँचुली खबर

बाँकेमा बुधबार कोरोना भाईरसका ५५३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशाला र सिमास्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

नयाँ थपिएका संक्रमितमध्ये ४८४ जना बाँके जिल्ला भित्रका तथा ६९ जना बाहिरी जिल्लाका रहेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बुधबार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २८८ नमुना जाँच गर्दा २३३ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा २६८ नमुना परीक्षण गर्दा २०६ जना, वागेश्वरी डाईग्नोटिक ल्यावमा १३१ नमुना जाँच गर्दा १०८ जना तथा जमुनाहस्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट ६६ जनाको नमुना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबिच पछिल्लो २४ घण्टामा कोरोनाबाट बाँकेका ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका तथा होम आईसोलेशनमा बसेका कोरोना संक्रमति समेत गरी ४ जनाको मृत्यु भएको ओलीले जानकारी दिए ।

जिल्लामा बुधबार ८८ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।

  • १५ बैशाख २०७८, बुधबार २१:२७ प्रकाशित
  • Nabintech