दाङमा १७ गते देखी ‘लकडाउन’ !
  • काँचुली खबर

दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच मंगलबार घोराहीमा भएको बैठकले बैशाख १७ गते देखी २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।

बैशाख १७ गते बिहान ६ बजे देखी २५ गते बेलुका ६ बजे सम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निर्णय गरीएको छ । त्यस पछि अवस्था हेरेर थप निर्णय लिईने बताईएको छ । खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ ।

यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ ।

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय भएको छ ।

दाङमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

  • १४ बैशाख २०७८, मंगलवार १६:०९ प्रकाशित
  • Nabintech