उर्जा मन्त्री रायमाझीलाई कोरोना पुष्टि
  • काँचुली खबर

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएको आधारमा राष्ट्रिय सरूवा रोग अस्पताल टेकु काठमाडौंमा सोमबार बिहान पिसिआर स्वाव टेष्ट गर्दा मन्त्री रायमाझीलाई कोरोना पोजेटिभ देखिएको उनका प्रेस संयोजक अर्जुन भुसालले काँचुली खबरलाई जानकारी दिए ।
मन्त्री रायमाझीसङ्गै उनकी श्रीमती योगमाया रायमाझी, छोरा सन्दिप रायमाझी, छोरी सन्ध्या रायमाझी, ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्रीलाई पनि कोरोना देखिएको प्रेस संयोजक भुसालले बताए ।
मन्त्री रायमाझीसङ्गै संक्रमित सबै जनाको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । अहिले उनिहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझीमा कोरोना देखिएको हो । सोमबार स्वाब संकलन गरि परिक्षण गरिएको र आज आएको रिपोर्टमा उनिहरुलाई कोरोना देखिएको भुसालले जानकारी गराए ।

  • १४ बैशाख २०७८, मंगलवार १३:१४ प्रकाशित
  • Nabintech