जनतालाई राहत दिने बेलामा सरकार शिलान्यासमा केन्द्रित भयो : प्रचण्ड
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना महामारीबाट देश आक्रान्त भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन प्रचण्डले सरकारका साथै निजी क्षेत्रसँग अपील गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ, …..स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ ।’

प्रचण्डले विज्ञप्तिमा भनेका छन् ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

  • १३ बैशाख २०७८, सोमबार १८:५९ प्रकाशित
  • Nabintech