बाँकेमा ७३ वर्षिया बृद्धासहित १२५ जना डिस्चार्ज
  • काँचुली खबर

फाईल तस्बिर

 

बाँकेमा सोमबार १२५ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार डिस्चार्ज हुनेमा ७ वर्षिया बालिका देखि ७३ वर्षिया बृद्धा समेत रहेका छन ।

बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन । यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको ओलीले बताए ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबारसम्म बाँकेमा ५४ हजार ५७१ जनाको कोरोना परिक्षण गरीएकोमा ७ हजार ४९७ जनामा संक्रमण देखिएको छ । जसमध्ये सोमबार बिहानसम्म ५ हजार १२८ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन ।

  • १३ बैशाख २०७८, सोमबार ०८:४४ प्रकाशित
  • Nabintech