कोरोनाबाट ११ दिनमा बाँकेमा २७ को मृत्यु
  • काँचुली खबर

बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि ११ गतेसम्मको हो ।

वैशाख १-४ गतेसम्म प्रत्येक दिन एकरएकजना संक्रमितको मृत्यु भएको तथ्यांकले देखाएको छ । वैशाख ५ गते ४ जना, वैशाख ६ गते २ जनाको मृत्यु भएको छ भने वैशाख ७-११ गतेसम्म ३/३ जनाको मृत्यु भएको छ । वैशाख १० गते २ जनाको मृत्यु भएको छ भने वैशाख ११ गते मात्र ६ जनाको मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

ओलीका अनुसार वैशाख १-११ गतेसम्म सबभन्दा बढी वैशाख ११ गते ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

वैशाख १-७ गतेसम्म संक्रमण दर बढ्ने घट्ने देखिए पनि वैशाख ८ गतेदेखि वैशाख १० गतेसम्म कोरोना संक्रमण निरन्तर बढेको देखिन्छ । वैशाख ११ गते भने संक्रमितको संख्या वैशाख १० गतेभन्दा केही कम देखिन्छ ।

वैशाख ८ गते ३३६, वैशाख ९ गते ३८८ र वैशाख १० गते ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाख ११ गते भने ४२९ जनामा संक्रमण पुष्टि भएको छ । वैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी वैशाख १० गते सबैभन्दा बढी ४८८ जनामा र सबैभन्दा कम वैशाख २ गते १७ जनामा संक्रमण पुष्टि भएको छ ।

  • १२ बैशाख २०७८, आईतवार १६:४१ प्रकाशित
  • Nabintech