४८२ को कोरोना परिक्षण गर्दा ३८८ मा संक्रमण
  • काँचुली खबर

बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा बिहिबार गरिएको कोरोना परिक्षणमा ३८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको प्रयोगशालामा पिसिआर बिधिबाट परिक्षण गरिएका २७६ जनाको नमुनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका १०७ जनाको नमुनामा ७३ जना, बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ७४ जनाको नमुनामा ५९ जना र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा २५ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ८ जना गरी बिहिबार कुल ४८२ जनाको कोरोना परिक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
संक्रमितहरु अधिकांस बाँके जिल्ला भित्रका र केही बाहिरी जिल्लाका रहेका छन । बाँकेमा पछिल्लो समयमा समुदायस्तरमा कोरोना तिब्र रुपमा फैलिरहेको छ । तिब्र रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै बाँके प्रशासनले गएराती देखि नेपालगन्ज क्षेत्रमा एक हप्ते लकडाउनको घोषणा गरेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार २०:१६ प्रकाशित
  • Nabintech