फिफा विश्वकप २०१८ मा आफूले समर्थन गरेको टिम अर्जेन्टिनाले हार व्यहोरेपछि निराश भएका एक भारतीय युवाले आत्महत्या गरेको आशंका गरिएको छ । केरलाको कोट्टायम जिल्लाका एक लेखापाल बिहिबार राती अर्जेन्टिनाको खेल हेरेपछि बेपत्ता भएका हुन् । उनी घरबाट हराएपछि उनको परिवारले प्रहरीमा रिपोर्ट गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको कोठाबाट एउटा सुसाइड नोट भेटेको छ ।
प्रहरीले भेटेको त्यो नोटमा उनले अब जीवनमा देख्न केही बाँकी नरहेकाले आफूले जीवन अन्त्य गर्ने सोच बनाएको लेखिएको छ । त्यसैले प्रहरीले यसलाई सुसाइड नोट हुनसक्ने आशंका गरेको छ । उनले त्यो नोटमा अर्जेन्टिनाको हारका कारण आफू निराश भएको पनि उल्लेख गरेका छन् । उनका साथीहरुले प्रहरीलाई उनी लियोनल मेसीका फ्यान भएको र उनको मोबाइलमा मेसीका फोटोहरु भएको पनि बताएका छन् । प्रहरीले उनको खोजीमा प्रयोग गरेका कुकुर घर नजिकैका नदीमा गएकाले उनले नदीमा हाम्फालेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
९ असार २०७५, शनिबार १७:२८ प्रकाशित