फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने निर्णय
  • काँचुली खबर

सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश अनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।

११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो ।

  • १४ फाल्गुन २०७७, शुक्रबार २१:१४ प्रकाशित
  • Nabintech