नेकपाले टुङ्गायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएको हो ।

प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाको संस्थापन समूहले पार्टी एकताका बाँकी काम टुंगो लगाउन नयाँ मापदण्ड बनाएको थियो । नयाँ मापदण्डअनुसार प्रचण्ड-नेपाल (संस्थापन समूह) ले जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो । नेकपाले बराबरी हैसियतमा संगठनात्मक एकताको काम टुंगो लगाउने गरी मापदण्ड निर्धारण गरेको थियो ।

भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ । ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ । इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन् । बाँकी ९ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड-नेपाल पक्षले जनाएको छ । ६८ जिल्ला अध्यक्ष र सचिव चयन गरेपनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ ।

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन । उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

टुंगिएका स्थानको नामावलीः

  • १० फाल्गुन २०७७, सोमबार १६:२७ प्रकाशित
  • Nabintech