श्रीधर बाजेकाे परिवार देखेर गाउँलेहरु थुक निल्थे । दुई छाेरा सहित सानाे परिवार थियाे । छाेराहरु पढाईमा लगलशील थिए । गाउँलेहरु भन्थे, ‘हुने विरुवाकाे चिल्लाे पात । ध्रुवतारा भएरै उदाए ।’ जेठाे छाेरा लक्ष्मीनारायण नामि व्यापारी बने । उनकाे दिनभरमै लाखाैंकाे काराेवार हुन्थ्याे । यता कान्छाे छाेरा बुद्धि प्रकाश उच्च पदस्थ सरकारी कर्मचारी भएर देश र जनताकाे सेवा गरिरहेका थिए । उनकाे परिवार गाउँ, देश र संसारकै नमूना परिवार थियाे ।
श्रीधर बाजेकाे सुखी परिवारमा भित्रभित्रै भुसकाे आगाे सल्किरहेकाे थियाे । लक्ष्मीनारायण र बुद्धि प्रकाश बिच वैमनस्यता बढ्दै गयाे । दशैकाे जमघटमा ज्वालामुखी बिस्फाेट भयाे । जेठाे चिल्लायाे, ‘तँ नालायक ! राष्ट्रकाे सहसचिवकाे मुकुण्डाे भिरेर भ्रष्टाचार गरी सहरमा माेज गर्ने अनि मेराे मिहिनेतमा आँखा लाउँछस् ।’ कान्छाे पनि उफ्रियाे, ‘तैले आफ्नाे अनुहार ऐनामा हेरेकाे छस् । ब्यालेकमेल गरि गरि कालाे धन थुप्राएकाे कसलाई थाह छैन र ? अझ मेहनेतकाे फल देख्छस् । मर्दा किरा परेर मर्छस् ।’ श्रीधर बाजे बितेकाे एक वर्षमै घर भाँडियाे । विग्रह भयाे ।
दुवै तल्लाे स्तरमै अेार्लेर गरेका कटाक्ष र गालिगलाैज सुनेर छिमेकी जड्याहाले भन्याे, ‘हि-हि देख्याै । घरानीया व्यापारी र राष्ट्रसेवक कर्मचारीकाे चर्तिकला ! हाम्रा राजनेताकाे भन्दा केमा फरक छ ? जस्ताे गुरु उस्तै शिष्य !’
https://kanchulikhabar.com/news/47930
छविलाल खड्का
काेहलपुर
८ माघ २०७७, बिहीबार १३:४८ प्रकाशित