१८ बैशाख २०८१, मंगलवार
आदिबासी जनजाती समुदायहरुको हक अधिकार सम्बन्धि सचेतना कार्यक्रम नेपालगन्जमा सम्पन्न
  • काँचुली खबर

आफ्नो इतिहास, भाषा, धर्म सस्कृतीको संरक्षण गरौ, पहिचान, अस्तित्व र अधिकारका लागि संघर्स गरौ । भन्ने मुल नाराका साथ “आदिबासी जनजाती समुदायहरुको हक अधिकार सम्बन्धी“ सचेतना कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरुमा धमाधम सुचारु भै रहेका छन ।
विभिन्न चरणमा सचेतना कार्यक्रमहरु सम्पन्न भै सकेका छन । वडा न १ देखि ५ सम्मको १८ गते, वडा न ६, १२ सम्मको २० गते कार्यक्रम सम्पन्न भै सकेका छ । आज वडा न १३ देखि १७ सम्मको र वडा न १८ देखि २३ सम्मको कार्यक्रम २३ गते सम्पन्न हुने नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला समन्वय परिषद बाकेका अध्यक्ष डम्मर थापा मगरले बताए । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल आदिबासी जनजाती महासङ्घ जिल्ला समन्वय परिषद बाकेको आयोजनमा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका का मेयर डा. धवल शमशेर राणा ले आफ्नो अधिकारका लागि लडाइ मात्र नगरेर जनजातिका बालबच्चाहरुलाइ शिक्षा तर्फ अगाडि बढाउने कार्यमा जोड दिएका थिए । उनले भने शिक्षा पाए पछि आफै उनिहरुले आफ्ना हक अधिकारका बारेमा जानकारी पाउछ्न । यस्ता सचेतना गोष्ठी जस्ता कार्यक्रम भन्दा आय आर्जनका कामहरु र शिपमुलक कार्यक्रमहरुमा ध्यान दिनु पर्ने उनले बताए र यस्तो कार्यक्रममा उपमहानगरपालिकाको पुर्ण सहयोग रहने पनि उनले प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका बिशिस्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले आदिबासी जनजातिहरुले अबका रणनितीहरुमा पुर्ण सहभागिता हुनुपर्ने बताइन । जब सम्म तीन तहका सरकारका संरचनाका बारेमा जनजातिहरुले चासो दिदैनन, बुझ्दैनन तब सम्म केही नहुने भन्दै उनले भनिन बजेट बिनियोजनमा टोल र वडा बाट उपस्थिति जनाई, चासो दिनु पर्ने, नेतृत्व लिनु पर्ने कुरामा उनको जोड रहेको थियो । यस्तै मगरले जनजातिका कार्यक्रम छनौटमा पुर्ण रुपले सहभागी हहुनुपर्छ र मात्रै अगाडि बढ्न सकिन्छ । कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद बाकेका अध्यक्ष डम्मर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्ष र जनजाति महासंका नेतृत्व लगाएत कार्यसमितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

  • २३ जेष्ठ २०७५, बुधबार १७:१४ प्रकाशित
  • Nabintech