१८ बैशाख २०८१, मंगलवार
विदेशबाट फर्केकालाई १० लाख ऋण
  • काँचुली खबर

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे ।

सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।

सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ । सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।

त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने भएको छ ।

  • १५ जेष्ठ २०७५, मंगलवार १६:५३ प्रकाशित
  • Nabintech