२५ बैशाख २०८१, मंगलवार
पैसा कमाउने धन्दा मा भ्रम छर्दै अन्लाईन हरु
  • काँचुली खबर

रञ्जन अधिकारी
पोखरा । चुनाव सबैलाई लाग्छ । नेपालीलाई झनै मज्जैले लाग्छ । कार्यकतालाई त लाग्ने नै भयो । हिजो काँग्रेस र माओवादी मिलेर स्थानीय चुनाव भईरहँदा एमालेसँग झडप हुन्थ्यो । आज एमाले र माओवादी एक भएर चुनाव भईरहँदा ठाउँ ठाउँमा काँग्रेससँग झडपको घटना सुनिन्छ । कार्यकर्ता पार्टीको भन्दा नेताको भएकैले यस्तो अवस्था आएको हो । कर्मचारी, शिक्षक, पत्रकार देखि मानवअधिकारबादी समेत पेशागत मर्यादा नाघेर पार्टी विशेष भएर देखिन्छन् । पार्टीगत आस्था सबैसँग छ, मसँग पनि छ । पेशागत मर्यादा भने भुल्नु हुन्न ।

राज्यको नियमनकारी निकायले समेट्न नसकेको अनलाईन पत्रकारिता । १० हजार खर्च गरे जो कोहिले आफै अनलाईन खोल्न सक्छन्, जे मन लाग्छ त्यही शेयर गर्छन् । जानेबुझेका पढेलेखेकाले समेत सामाजिक सञ्जालमा ति ब्लगहरु साँच्चै नै बुझेर वा बुझ पचाएर शेयर गर्छन् । भ्रामक खबरहरु छिटो फैलन्छन् । अस्तित्वमा रहन नसकेकाहरुलाई मैले यहाँ समेट्न जरुरी ठानिनँ ।

चुनावमा पार्टीको भजनमात्र गाउने, आफ्नो मात्र समाचार समेट्ने त धेरै छन् । आफू आस्थावान् पार्टीकासँग सम्बन्ध बाक्लो हुने भएकाले मन राखिदिन आफ्नो अनलाईनमा अलिक बढी नै समेट्नुपर्ने बाध्यता छ । त्यसमा म पनि अछुतो छैन । काँग्रेसका न्युजहरु ‘हाम्राकुरा डटकम मा हेर्न सकिन्छ । एमालेका न्युजहरु ‘सेतो सूर्य’, ‘रातो सूर्य’ लगायतमा हेर्न सकिन्छ ।

तर, केहि अनलाईन यस्ता छन्, जसले विपक्षी पार्टी तथा उसका नेता र कार्यकर्ताको विरोध, कपोल्कल्पित आरोप, मनलाग्दी शेयर गर्दैमा ठीक छ । अहिले फेसबुकबाट अनलाईन साईट ईन्स्टान्ट गरेको खण्डमा सजिलै बैंकमा डलर जम्मा हुने भएकाले त्यो खेती पनि फस्टाएकै छ । झुटा खबर भएपनि विपक्षीको दोहन गरिएको समाचारले कमाई धेरै नै मिल्छ । नेपाली काँग्रेसले नै पक्षपोषण झैं गरी विपक्षी विरुद्ध नियोजित लागेका छन् ‘मिडिया डबली डटकम’, ‘नेपाल पाना डटकम’, ‘लालीगुराँस डटकम’ लगायत ।

मिडिया डबलीको प्रधानसम्पादकमा केशव सापकोटा नाम छ । उनको नाम फेसबुकमा सर्च गर्ने हो भने जनता डिजिटल चलाउने व्यक्ति रहेछन् । पत्रकार हुन् उनी ? समाचार भनेर लेखिएको हरफमा राखिएको सुत्र के हो ? उच्च स्रोत के मान्दा रहेछन् ? मिडिया डबली डटकममा लालबाबु पण्डितलाई घुस खाएको कपोल्कल्पित सामाग्री (समाचारमा हुनुपर्ने केही पनि छैन) हेरेपछि मैले फेसबुकममा तीनदिनपछि यत्ति लेख्न बाध्य भएँ ।

१) ‘ब्रिफ्केसमा लगेको ७५ लाख घुस लालबाबुलाई कसले दियो ? यस्तो छ सनसनीपूर्ण खुलासा’ शीर्षक दिएर प्रायोजित न्युज मंसिर १४ गते प्रकाशित भयो ।

सनसनी खुलासा गरिएको न्युजमा पहिलो पहिलो वाक्यमै ‘माद्यप नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएर बस्दा…’ भनिएको छ । खुलासा गर्ने पत्रकार महोदय, कम्तिमा शुशिल कोईराला नेतृत्वको सरकारमा भन्ने सामान्य ज्ञान त थाहा हुनुपर्छ । नेपाल नेतृत्व सरकारमा प्रभाकर प्रधानाङ्ग (रविन्द्र श्रेष्ठ) थिए सामान्य प्रशासन मन्त्री ।

२) मन्त्री क्वार्टरमा आएर रक्तचन्दन, सुन तस्करी निमा फुन्जु शेर्पाले ७५ लाख भएको ब्रिफकेस बुझाए’ रे । अनि भरत सुवेदीले खिचेका’ रे । भरत सुवेदी को हुन् ? जानकारलाई सबै थाहा छ । लालबाबु पण्डितको हालै प्रकाशित ‘सिंहदरबार बदल्ने संघर्ष’ पढ्नुहोस्, उनका बारेमा थोरै जानकारीका लागि लिन्क http://www.gandaknews.com/lalbabu-pandit-pustak/ ।

३) फोटो जसले पनि खिच्छु भन्छ, भरत सुवेदी जस्ता संरक्षित भ्रष्टले घुस लिँदै गर्दाको तस्विर खिचेको भए लालबाबुले भरत सुवेदीसँग दुश्मनी मोल्ने थियो ? कमजोरी थाहा पाउनेसँग मित्रता हुन्छ कि उसैका लागि रामशरण महतसँगकै सम्बन्ध बिगार्नुपर्दथ्यो ? यति सानो दिमाग हुँदैन ?

४) सबैभन्दा हाँस्यास्पद कुरा त अन्तिम दोस्रो अनुच्छेदमा लेखिएको छ ‘सर्वहारा नेता भन्दै हिँडेका पण्डित ५० हजार रुपैंया भाडा तिरेर आलिसन महलमा बस्दै आएका छन ।’

यी तस्विरहरु राख्नुको कारण यही हो । भुकम्पका बेला जनता त्रिपाल पाएका छैनन् भन्दै नयाँ गाडी चाहिँदैन भनेका लालबाबु मन्त्री क्वार्टरमा पहिल्यै रहेको सोफामा बसे होलान् तर काठमाण्डौको तीनकुनेमा केएमजी ग्रुप भवन आडमा भाडाको कोठामा बस्ने लालबाबुको कोठा यही हो । गेट यही हो । घर यही हो । स्टिल दराज, खाट, कम्प्युटर यही हो । भित्र साना तीन कोठा छन् । आलिसन महल भन्छन् यसलाई ?

लालबाबु पण्डित मात्र यस्ता बहालवाला मन्त्री थिए वा पूर्व मन्त्री हुन्, जसले आफै फोन उठाउँछन्, नम्बर सर्वसाधारणलाई बाँड्छन् । ९८४१५६४३३९ हो नम्बर, पत्रकार भनाउँदो यसो समाचार भनेर हालिसकेपछि कम्तिमा कस्तो ठाउँमा बस्दा रहेछन् भनेर छड्के चेकजाँच गर्न गएको भए नि हुने नि, ठाउँ बिर्सें भनेमा लिनै आउछन् रोडमा । र यो जरुरी किन पनि थियो भने, अरु नेताका लागि जे लेखेपनि जनताले पत्याउँथे होलान्, लालबाबुको बारेमा कम्तिमा समाचार भनेर लेखिसकेपछि त ध्यान दिनुपर्ने थियो । अहिले त्यो लिन्कमा कमेन्ट हेर्न सक्नुहुन्छ, अपवाद बाहेक सबैले समग्र पत्रकार जगतकै चित्त दुख्ने गरी कमेन्ट आएको छ ।

यदि यस्ता न्युजहरु साँच्चै विश्वसनीय माध्यमबाट आए सबैभन्दा ठूलो विरोधी म हुनेछु । भ्रमको खेती पनि पृथ्वीमै गरौं, सूर्यको रापमा खेती गर्छु भनेर नसोचौं, यसरी नै चिप्लिईन्छ । सबैलाई लालबाबु बनाउने कि ? लालबाबुलाई पनि सबैजस्तो बनाउने ? मुख्य चिन्ताको विषय यो हो ।

केशव सापकोटा, जो आफ्नो प्रोफाईलमा मिडिया डबलीको प्रधानसम्पादक अयोग्य भएकाले राख्न समेत आफै सक्दैनन् । म्युजिक कम्पनीको सञ्चालक मिडिया सञ्चालन गरेर यसरी कलंकित भएका छन् ।

स्रोत गन्डक न्युज

  • १८ मंसिर २०७४, सोमबार १६:३२ प्रकाशित
  • Nabintech