हालै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेका महेश्वर महर्जन मंगबलार स्वदेश फर्किएका छन् । उनी स्वदेश फर्किन लागेको खबर पाएर दर्जनौं शुभेच्छुकहरु राष्ट्रिय झण्डासहित महर्जनको स्वागतमा विमानस्थल पुगेका थिए ।
प्रतियोगितामा महेश्वरले पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने दोस्रो पटक हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१० पुष २०७५, मंगलवार १९:५९ प्रकाशित