नेपालका महेश्वर महर्जन विश्व विजेता !
  • काँचुली खबर

विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी तर्फ स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।

महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए ।

‘सयौं थुङ्गा’ को सट्टा ‘श्रीमान गम्भिर’ कसरी बज्यो थाइल्याण्डमा ?
नेपाली खेलकुदको विवादले बारम्बार चर्चा आइरहेका बेला विदेशी भुमिमा फेरी नेपालको अर्को चर्चा भएको छ । थाइल्याण्डमा भएको १० औं शारिरीक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले पुरुष ७५ केजी तौलसमुहमा स्वर्ण जित्दा जति खुसी भएका थिए, त्यसको केहि छिनमा उनी आफैपनि लजाउने क्षण बन्यो । कारण थियो नेपालको राष्ट्रिय धुन ।

नेपालमा राजतन्त्र विस्थापित भएर गणतन्त्र आएको १२ बर्ष भइसक्यो । गणतन्त्र आएपछि नेपालको राष्ट्रिय गान पनि परिवर्तन भएको १० बर्षभन्दा बढी भयो । तर थाइल्याण्डमा चाङमईमा भएको विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालको इज्जत नै जाने काम भयो भन्दा कम नहोला । त्यो हो नेपालको पुरानो राष्ट्रिय गानको धुन बजाए ।

महेश्वरले स्वर्ण पदक जितेपछि उनको सम्मान र पदकका लागि नेपालको राष्ट्रिय धुनका लागि उद्घोषकले बोले । जसमा महेश्वर नेपालको राष्ट्रिय झण्डा काधमा राखेर गर्वका साथ आँखा चिम्लिएर राष्ट्रिय धुन सनिरहेका थिए । तर ब्याग्राउन्डमा नेपालको श्रीमान गम्भिर भन्ने पुरानो राष्ट्रिय धुन बज्यो । जसका कारण महेश्वरलाई स्टेजमा नै केहि लज्जास्पद क्षण बनेको थियो । जुन उनको अनुहारमा झझल्किन्थ्यो ।

  • १ पुष २०७५, आईतवार १९:०४ प्रकाशित
  • Nabintech